डिप्रोक्स लघुवित्तको सेयर मूल्य समायोजन, सेयर मूल्य कति ?

याे सामग्री सेअर गर्नुहाेस्

न्युज कारखाना
काठमाडौ, १२ असोज २०७८ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको छ । मंगलबार डिप्रोक्सको २० प्रतिशत बोनस सेयर समायोजन भएको हो ।

याेसँगै लघुवित्तको सेयर मूल्य १ हजार ३८८ रुपैयाँ ४२ पैसा निर्धारण भएकाे छ । लाभांश वितरण तथा साधारणसभाका लागि संस्थाले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । मंगलबार समायोजन भएकाे मूल्यलाई आधार मानेर दोस्रो बजारमा कारोबार खुल्नेछ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यका आधारमा सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात् सोमबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ६६६ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो ।

लघुवित्ले २३ असोजमा चितवन गार्डेन रिर्सोट, भरतपुर, चितवनमा बिहान ११ बजे २०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशनसम्बन्धी काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र साधारण सेयर धनीमध्येबाट तीन सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो