देउवा र प्रचण्डबीच भेटवार्ताः मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, १३ असाेज २०७८ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न बुधबार दुइ जनाबिच भेटवार्ता भएकाे हाे ।

दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएपछि  प्रधानमन्त्री देउवा र प्रचण्डबिच भेट भएर मन्त्रीहरूकाे बिषयमा छलफल भएकाे श्राेतले जानकारी दिएकाे छ । प्रधानमन्त्री देउवाले सत्तासाझेदार दलहरूसँग मन्त्री बन्नेहरुको नाम माग्नु भएको छ ।

कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति जुटिसकेको छ । भोलीसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा देउवा हुनुहुन्छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो