उपभाेक्ता ठग्ने ६ वटा मेडिकल कारबाहीमा, विना अनुमति सञ्चालन गरेकाे भेटियाे

याे सामग्री सेअर गर्नुहाेस्

चितवन, १९ असोज २०७८ ।

चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ । भरतपुरको चौबीस कोठीमा सञ्चालनमा रहेका ती मेडिकललाई कारबाहीस्वरुप रु. पाँच हजारदेखि रु. तीन लाखसम्म जरिवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारबाहीमा पर्नेमा नवल टेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो टेन्टल छन् । उपभोक्ता संरक्षण विभागले तोकेको बजार निरीक्षण अधिकृत सहायक प्रमुख जिल्ला अधिकारीले ती संस्थालाई कारबाही गर्नुभएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माका अनुसार नवल टेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई रु. तीन÷तीन लाख जरिवाना गरिएको छ । मिराकल फर्मालाई रु. दुई लाख ५० हजार, रिजन फार्मेशिलाई रू. २० हजार र अपोलो डेन्टल क्लीनिकलाई रु. पाँच हजार जरिवाना तोकिएको उहाँले जानकारी दिनुभयो ।

मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्ति र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखी एकै ठाउँमा राखेको, अनुमति नलिई सञ्चालन गरेका कारण उनीहरुलाई कारबाही गरिएको शर्माले बताउनुभयो । चाडपर्वको समयमा स्थानीय प्रशासनले अनुगमनलाई तीव्र पारेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो