चाडबाड आउँदा पनि कुश्मिसेरा बजार सुनसान, व्यापारीहरु लुडो खेलेर समय कटाउँदै

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, १९ असोज २०७८ ।

चाडवाड नजिक आउँदा पनि कुश्मिसेरा बजार भने सुनसान देखिएको छ । पहिले पहिले चाडवाडमा भरीभराउ हुने कुश्मिसेरा बजार अहिले सुनसान बनेको हो ।

बागलुङ जिल्लाको दक्षिणी भेगकै प्रमुख व्यापारिक केन्द्र मानिने कुश्मिसेरा बजार अहिले जैमिनी नगरपालिकाको केन्द्र बनेको छ । नगरपालिकाको केन्द्र बनिसक्दा पनि बजारको व्यापारिक अवस्था नसुध्रिएकोमा व्यापारीहरुको चिन्ता छ । पहिले चाडवाड आउँदा भ्याइनभ्याई हुने गरेको भएपनि विगत ३,४ बर्ष यतादेखि निरन्तर व्यापार घटिरहेको कुश्मिसेरा उपल्लोबजारका फेन्सी व्यावसायी चिरञ्जिवी दाहालले जिल्लाखबर डटकमलाई बताउनुभयो ।

गाउँघरमा मोटवाटो पुगेको र घर घरमा पीकअप गएर सामान पुराइदिने गरेका कारण पनि कुश्मिसेराको व्यापार खस्किएको व्यापारीहरुको भनाई छ । यातयातको सुविधा नहुँदा गाउँबाट एउटै पीकअपमा सिधै जिल्ला सदरमुकाम जाने र सोहि पीकअपमा सामान ल्याएर फर्किनेहरु धेरै भएकाले अहिले कुश्मिसेरामा व्यापार कम भएको व्यापारी कृष्ण थापा बताउनुहुन्छ ।

बजारबाट कुश्मिसेरासम्म नियमित र ठुला गाडीहरु पनि सञ्चालन हुने र कुश्मिसेरा बाट गाउँ गाउँ जाने जीप तथा पीकअपहरु छुटाउने हो भने कुश्मिसेरा बजारको व्यापारमा सुधार आउने व्यावसायीहरुको आशा छ । चाडवाड आउँदा पनि ग्राहकको चहलपहल नहुँदा अहिले व्यापारीहरु लुडो खेलेर बसिरहेका भेटिन्छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो