मुगु बस दुर्घटनामा ज्यान गुमाएका सबैकाे पहिचान खुल्याे, एकै नगरपालिकाका २९ जनाको मृत्यु (सूचीसहित)

याे सामग्री सेअर गर्नुहाेस्

मुगु, २७ असाेज २०७८ ।

मङ्गलवार मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैकाे पहिचान खुलेकाे छ । बस दुर्घटनामा ज्यान गुमाएका ३२ जनाकै पहिचान खुलेकाे हाे ।

मंगलबार मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं पिना तपने खोलामा पर्ने जुम्ला मुगु सडक खण्डमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो ।  मृत्तक मध्ये २९ जना छायाँनाथ रारा नगरपालिकाका मात्रै रहेका छन् ।

नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।

बसमा ४६ जना थिए । ब्रेक फेल भएर बस दुर्घटना भएको अनुमान गरिए पनि पुष्टि भएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार दुर्घटनामा परेर अन्य १३ जना घाइते भएका छन् । त्यस मध्ये १२ जनाको नेपालगञ्जमा र  एक जनाको मुगुमै उपचार भइरहेको छ । बस सडकबाट दुई सय ५० मिटर तल खसेको थियो ।

मृतकको नाम र ठेगाना
१) लग्न सेजुवाल (१९ वर्ष), छायाँनाथ रारा नगरपालिका ७
२) मृत्तक लग्न सेजुवालका दुई बर्षिय छोरा
३) मनदेवी बम (२० वर्ष), छायाँनाथ रारा नगरपालिका, १०
४) पुजा बुढा (१८ वर्ष), छायाँनाथ रारा नगरपालिका १०
५) प्यारी वि.क. (कामी) (३३ वर्ष) छायाँनाथ रारा नगरपालिका , ८
६) सन्तोष वितालु ( २२ वर्ष) छायाँनाथ रारा नगरपालिका, ८
७) छाँता साउँद (वर्ष २२, छायाँनाथ रारा नगरपालिका १२
८) बस चालक दान बहादुर रावल(३६ वर्ष) छायाँनाथ रारा नगरपालिका नं १२
९)सरिता खड्का (२० बर्ष) छायाँनाथ रारा नगरपालिका १०
१०) कर्ण सिंह बुढा (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४
११) मनरूप कुमाल (२५ वर्ष) सोरू गाउँपालिका ३
१२ चन्द्रा देवी मल्ल (२३ वर्ष) छाँयानाथ रारा नगरपालिका १
१३) राममाया भाम (१९ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ६,
१४) अम्मर साउँद (१८ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १०
१५) बर्षिय प्रकाश बुढा (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ११
१६) अजय कार्की (२९ वर्ष) छायाँनाथ रारा नगरपालिका वाड नं ५
१७) कमला वि.सी. ( रावत ) (३२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ५
१८) सुन बहादुर वि.क. (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १०
१९) शिव बुढा (१९ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४
२०) अमृता शाही (२१ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७
२१) रुपसिंह कार्की (२० वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४
२२) महेन्द्र शाही (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७
२३) भगवती चन्द –बर्ष ३३) छायाँनाथ रारा नगरपालिका वडा नं ८
२४) सस्मिता बम –बर्ष १६) छायाँनाथ रारा नगरपालिका वडा नं ७
२५) प्रदिप स्वर्णकार (२२ वर्ष) बाँके राझाँ
२६) चन्द्र प्रकाश भाम (१८ वर्ष) छाँयानाथ रारा नगरपालिका १
२७) आदित्य विक्रम शाह (१२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७ का
२८) टोप बहादुर विष्ट, छायाँनाथ रारा नगरपालिका वडा नं ८
२९) आईत सिंह कामी –२३ वर्ष) सोरू गाउँपालिका वडा नं ८
३०) वसन्त भण्डारी –वर्ष१८ ) छाँयानाथ रारा नगरपालिका वडा नं १४
३१) नविन बुढा (वर्ष १८ ) छाँयानाथ रारा नगरपालिका ८
३२) छायाँनाथ रारा नगरपालिका मृतक अमृता शाहीको पाँच बर्षिय छोरा


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो