Breaking News: अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर जैमिनीमा एकजना गम्भिर घाइते

याे सामग्री सेअर गर्नुहाेस्

बिमल पौडेल
बागलुङ, २७ असोज २०७८ ।

अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर छिस्तीमा एकजना गम्भिर घाइते भएका छन् । मंगलबार साँझ ७ बजेतिर अरिङ्गाल पोल्ने क्रममा बागलुङको जैमिनी नगरपालिका वडा नं ८ छिस्तीका तेजनाथ शर्मा गम्भिर घाइते भएका हुन् ।

साँझको समयमा ५/६ जनाको समुह मिलेर अरिङ्गाल पोल्न गएको र रुख चढेका छिस्ती गर्दिपका १९ बर्षीय तेजनाथ शर्मा रुखबाट लडेर गम्भिर घाइते भएको बेलबगर प्रहरी चौकीका प्रमुख रविन्द्र उपाध्यायले जानकारी दिनुभयो ।

घाइतेको तत्काल उद्दार गरी धौलागिरी अस्पताल बागलुङमा उपचारको लागि पठाइएको र त्यहाँ उपचार सम्भव नभएपछि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको प्रहरीले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो