सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाद्वारा मृत्यु दावी भुक्तानी

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १६ कात्तिक २०७८ ।

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बागलुङ शाखाले बीमितको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ । सोमबार मृतक सुर्य बहादुर थापाका परिवारलाई मृत्यु दावी वापतको बीमा रकम हस्तान्तरण गरिएको हो ।

बागलुङ नगरपालिका १ निवासी थापाको गत साउन २९ गते मृत्यु भएसँगै मृत्यु दावी वापत ५ लाख ७२ हजार ५ सय रुपैयाँ वरावरको एकमुष्ट रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको शाखा प्रमुख कमला शर्माले बताउनु भयो । थापाले गत बर्ष मात्रै पाँच लाख रुपैयाँ बीमाङ्कको बीमा गर्नुभएको थियो ।

दुई किस्ता वापत ५७ हजार ४ सय २६ रुपैयाँ तिर्नुभएका थापाको कालगतीले मृत्यु भएपश्चात हकवाला श्रीमती चन्द्रकला हिजाले थापा मगरले दावी बराबरको बीमा रकम प्राप्त गर्नुभएको छ । बागलुङ नगरपालिका वडा नं. १ का वडा सदस्य सुर्य लामिछाने खत्रीको उपस्थितिमा मृतकका परिवारलाई बीमा वापतको रकम हस्तान्त्रण गरीएको थियो ।

बीमा दावी भुक्तानी हस्तान्तरण कार्यक्रममा वडा सदस्य खत्रीले वीमा मानिसका निम्ति अति महत्वपूर्ण आवश्यकता रहेको बताउनुभयो । बीमाले आफु रहँदा आफनो र नरहँदा पनि परिवारका निम्ति आर्थिक रुपमा महत्वपूर्ण सहयोग गर्ने बताउँदै उहाँले आफनो क्षमता अनुसार सुरक्षाका हिसावले जीवन बीमामा जोडिन आवश्यक रहेको औँल्याउनुभयो ।

कार्यक्रममा स्वर्गीय थापाकी श्रीमती चन्द्रकला हिजाले थापा मगरले बीमा आफैँमा महत्वपूर्ण रहेको बताउँदै श्रीमानले समयमै बीमा गरेका कारण आज उहाँ नरहँदा पनि परिवारलाई आर्थिक रुपमा सहयोग भएको जानकारी दिनुभयो । सिटिजन लाईफले घरमै आएर रकम उपलब्ध गराएकोमा उहाँले संस्थाप्रति धन्यबाद ज्ञापन गर्नुभयो ।

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बागलुङका एरीया ब्रान्च म्यानेजर दिपेन्द्र शर्मा लम्सालले बीमा सुख दुःखको साथी तथा अनिवार्य रहेको बताउनुभयो । उहाँले यस बीमा गरेबापत थापाको परिवारले अहिले उक्त रकम पाएको र बीमा अवधि समाप्त भएपछि फेरि ५ लाख रुपैयाँ पाउने जानकारी दिनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो