जैमिनीमा गणकहरुको तालिम सम्पन्न, गणकहरु गाेपनीय र जिम्मेवार बन्नुपर्नेमा जोड

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १७ कात्तिक २०७८ ।

जैमिनीमा गणकहरुको तालिम सम्पन्न भएको छ । कात्तिक १३ गतेदेखि सुरु भएको गणकहरुको तालिम मंगलबार सम्पन्न भएको हो ।

राष्ट्रिय जनगणना २०७८ का लागि छनोट भएका बरेङ गाउँपालिका र जैमिनी नगरपालिकाका ६० जना गणकहरुलाई शनिबारदेखि तालिम दिइएकोस्थानीय जनगणना कार्यलय कुश्मिसेराका जनगणना अधिकृत प्रेम प्रसाद सापकोटाले जानकारी दिनुभयो । बरेङ गाउँपालिकाका लागि आवेदन गरेकामध्ये २० जना र जैमिनी नगरपालिकाका लागि आवेदन गरेकामध्ये ४० जना अन्तिम छनोटमा परेका थिए ।

स्थानीय जनगणना अधिकारी सापकोटाले गणकको सानो गल्तीले तथ्यांकको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने भन्दै गणक बढी नै गम्भीर हुनुपर्ने बताउनुभयो । तालिममा जनगणना क्षेत्रको पहिचान, सही तथ्यांक ल्याउन गणकले अपनाउनु पर्ने सावधानी, उत्तरदातासँग गर्नुपर्ने व्यवहार, तथ्यांकको गोपनीयता कायम राख्ने विषयमा जानकारी गराइएको थियो ।

बरेङ गाउँपालिका र जैमिनी नगरपालिकाका लागि स्थानीय जनगणना कार्यलय जैमिनी नगरपालिका १ कुश्मिसेरामा रहेको छ ।

केन्द्रिय तथ्यांक बिभागको कार्यतालिका अनुसार यहि कात्तिक १३ देखि १६ गतेसम्म गणकहरुलाई तालिम दिइएको छ भने कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणकहरुलाई पारिवारिक विवरण संकलन गर्न खटाइनेछ ।

जनगणनाको दौरानमा एक घर परिवारमा एक जना गणकले २० देखि ३० मिनेटको समय लगाएर प्रश्नावली भर्ने भएका छन् । यस पटक जनगणनामा घर परिवारका लागि सोध्न कुल ५५ वटा प्रश्न बनाइएको छ । हरेक घर परिवारमा पुगेर गणकले घरमूलीसँग परिवारका सदस्यको पारिवारिक तथा व्यक्तिगत विवरण भर्नेछन् । व्यक्तिको नाम, उमेर, घरमूलीसँगको नाता, शिक्षा, पेशा, रोजगारीका क्षेत्र, जाति, धर्म, भाषा, बसाइसराइ, अपांगता जस्ता विषयमा प्रश्न सोधिन्छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो