Breaking News: बागलुङको गाजादहको मेला हेरेर फर्किएको पीकअप जिप दुर्घटना

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३ मंसिर २०७८ ।

बागलुङको गाजादहको मेला हेरेर फर्किएको पीकअप जिप दुर्घटना हुँदा एकजना घाइते भएका छन् । बागलुङको बरेङ गाउपालिका वडा न २ बाघकाटेमा शुक्रबार साँझ मेला हेरेर फर्किएको ग २ च ७३८१ नम्बरको पिकअप जिप दुर्घटना हुँदा एकजना घाइते भएका हुन् ।

बागलुङको जैमिनी नगरपालिका ३ स्थित गाजादहमा भिकुम पुर्णिमा मेला हेरेर फर्किएको पीकअप जीप दुर्घटना हुँदा बरेङ गाउँपालिका वडा नं २ कि अन्दाजी ४० बर्षीय चित्रा थापा घाईते भएको ईलाका प्रहरी कार्यलय बरेङ डाँडाले जानकारी दिएको छ । घाइते थापालाई सामान्य चोट लागेको र उपचारको लागि बरेङ लगिएको छ ।

गाजाको दह दक्षिणी भेगको धार्मिक तथा पर्यटकीय स्थलको रुपमा चिनिन्छ । यहाँ हरेक बर्ष बैकुण्ठ चतुर्दशीको दिन ठुलो मेला लाग्ने गरेको छ भने भिकुम पुर्णिमाको दिन दहमा तोरण टाँग्ने गरिन्छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो