नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ प्रदेश सभा ख को अधिवेशनमा ४३ जनाको उम्मेदवारी, नामावली सहित

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ४ मंसिर २०७८ ।

नेपाली कांग्रेसको बागलुङ क्षेत्र नं १ प्रदेश सभा (ख) अधिवेशनमा ४३ जनाको उम्मेदवारी परेको छ । २४ निर्वाचित पदको लागि ४३ जनाको उम्मेदवारी परेको हो । २४ मध्ये २ पदमा सर्वसम्मत भएकाे छ  भने २२ पदमा ४१ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

संस्थापन पक्ष र संस्थापन इतर पक्षबाट परेका उम्मेदवारीहरुको अन्तिम नामावली प्रकाशन भएको निर्वाचन समितिले जनाएको छ । १ सभापति पदका लागि २ जनाको उम्मेदवारी परेको छ । सभापतिका लागि संस्थापन ईतर पक्षबाट दलबहादुर श्रीस राना र संस्थापन पक्षबाट धनबहादुर शाही विकासको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । दुवै जना जैमिनी नगरपालिकाकै स्थानीय रहेका छन् । श्रीस वडा नं १० राङ्खानीका हुन् भने शाही जैमिनी ४ सर्कवाका हुन् । यस्तै २ उप सभापति पदका लागि बागलुङ नगरपालिका १४ का टेक नारायण शर्मा, बागलुङ नगरपालिका १३ का राम प्रसाद अधिकारी र बरेङ गाउँपालिका ४ का रुद्र हरि शर्माले उम्मेदवारी दिनुभएको छ ।

२ सचिव पदको लागि जैमिनी ८ का कृष्ण प्रसाद शर्मा, जैमिनी ९ का टेक बहादुर राना, बागलुङ नगरपालिका १३ का बालाकृष्ण शर्मा र जैमिनी २ का लक्ष्मी प्रसाद सापकोटाको उम्मेदवारी परेको छ । सापकोटा जैमिनी २ दमेकका वडाध्यक्ष समेत हुनुहुन्छ ।

यस्तै २ सह–सचिवका लागि जैमिनी ५ का ओम बहादुर क्षेत्री, जैमिनी २ का चिन्तामणी दर्जी र जैमिनी ४ विशान शर्माले उम्मेदवारी दिनुभएको निर्वाचन समितिले जनाएको छ ।

प्रत्यक्ष खुल्ला महाधिवेशन प्रतिनिधिको ७ पदका लागि जैमिनी ७ का ईन्द्रराज पौडेल, बागलुङ नगरपालिका १३ का ईश्वर ठाकुर पौडेल, जैमिनी २ का कमलराज सापकोटा, बागलुङ नगरपालिका १३ का चुडामणी शर्मा पौडेल, जैमिनी ५ का ठग बहादुर क्षेत्री थापा, बरेङ गाउँपालिका १ का दल बहादुर थापा, जैमिनी ४ का प्रभाकर पौडेल, बरेङ ३ का मोतीराम गौतम, जैमिनी ७ का लक्ष्मीकान्त शर्मा, जैमिनी १ का लक्ष्मण आचार्य, बागलुङ नगरपालिका १४ का सुमन भुषाल र जैमिनी २ का हरि बाबु सापकोटाको उम्मेदवारी परेको छ । जैमिनी ७ का ईन्द्रराज पौडेल जैमिनी नगरपालिकाको नगर प्रमुख समेत हुनुहुन्छ ।

यता प्रत्यक्ष महिला महाधिवेशन प्रतिनिधिमा ३ पदका लागि जैमिनी ८ की उषा पौडेल, जैमिनी १ की कमला देवी शर्मा, जैमिनी २ की कौशिला देवी वि.क र मधु अम्माई, बा.न.पा १३ की राधिका कुँवर र जैमिनी ७ की लक्षमी देवी चालिसेले उम्मेदवारी दिनुभएको छ । खस आर्य खुल्ला महाधिवेशन प्रतिनिधिको २ पदका लागि जैमिनी ६ का ओम बहादुर खत्री, जैमिनी २ का प्रेम प्रसाद सापकोटा र जैमिनी ७ का श्रीकृष्ण पौडेलको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

खस आर्य महिला महाधिवेशन प्रतिनिधिको १ पदका लागि बरेङ ३ की जमुना पौडेल र जैमिनी ८ की दिपा गौतम पौडेलले उम्मेदवारी दिनुभएको छ ।

आदिवासी जनजाती खुल्ला बाट महाधिवेशन प्रतिनिधिको १ पदका लागि जैमिनी १० का पदम बहादुर पुन र जैमिनी ४ का लेख बहादुर थापाको उम्मेदवारी परेको छ । यस्तै आदिवासी जनजाति महिला महाधिवेशन प्रतिनिधिको १ पदका लागि बरेङ १ की माया थापा र जैमिनी ६ की रीता थापा श्रीसले उम्मेदवारी दिनुभएको छ ।

दलितबाट महाधिवेशन प्रतिनिधिमा केन्द्र बहादुर सुनार सर्वसम्मत हुनुभएको छ भने अल्पसंख्यक,मस्लिम तथा अपांग कोटाबाट निल प्रसाद शर्मा सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । यी दुई कोटाबाट १/१ जनाको पद रहेको थियो ।

अहिले निर्वाचनमा मतदान चलिरहेको छ । अधिवेशन जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारमा भएको छ ।

कार्यक्रमको शुक्रबार उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि किरणराज शर्मा पौडेलले नेपाली कांग्रेसले आफु आफु बिच नभई बाह्य शक्तिसंग प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । आफु आफुमा गुट उपगुट बनाएर लड्नु भनेको शक्ति कमजोर हुनु रहेको भन्दै उहाँले देशमा हुने सबै प्रकारका चुनावमा कांग्रेसले एकढिक्का भएर सफलता हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो