जैमिनीका ७ वडामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न, २९ सदस्यीय नयाँ नेतृत्व चयन

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ४ मंसिर २०७८ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको जैमिनी नगरपालिकाका वडाहरुमा वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार बागलुङको जैमिनी नगरपालिकाका १० वटा वडामध्ये ७ वटा वडामा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न भएको हो ।

शनिबार भएको वडा अधिवेशनबाट वडा नं २ को अध्यक्षमा नारायन सापकोटा, वडा नं ३ को अध्यक्षमा कृष्ण भुजेल, वडा नं ६ को अध्यक्षमा दल बहादुर थापा, वडा नं ७ को अध्यक्षमा रुद्र आचार्य, वडा नं ८ को अध्यक्षमा पदम पुन, वडा नं ९ को अध्यक्षमा मिना परियार र वडा नं १० को अध्यक्षमा टुकनाथ आचार्य चयन हुनुभएको नेकपा माओवादी केन्द्रका जैमिनी नगर ईन्चार्ज लाल बहादुर परियारले जानकारी दिनुभयो ।

वडा समितिहरु सबै २९ सदस्यीय रहेको ईन्चार्ज परियारले बताउनुभयो । बाँकी रहेको वडा नं १ र वडा नं ४ मा मंसिर ९ गते र वडा नं ५ मा मंसिर ६ गते अधिवेशन हुने छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो