नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ प्रदेश सभा ख को सभापतिमा दल बहादुर श्रीस विजयी, मत परिणाम सहित

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ५ मंसिर २०७८ ।

नेपाली कांग्रेसको बागलुङ क्षेत्र नं १ प्रदेश सभा (ख) को सभापतिमा दल बहादुर श्रीस राना विजयी हुनुभएको छ । आइतबार बिहानसम्म भएको मतगणनामा १ सय ५० मतको अग्रता सहित राना विजयी हुनुभएको हो ।

कुल ४ सय ५६ मत खसेकोमा विजयी श्रीसले २ ससय ९३ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्धन्दी धन बहादुर शाहीले १ सय ४३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जानकारी दिएको छ ।

श्रीस संस्थापन ईतर पक्षबाट चुनावी मैदानमा होमिनुभएको थियो भने संस्थापन पक्षबाट शाहीको उम्मेदवारी परेको थियो । दुवै जना जैमिनी नगरपालिकाकै स्थानीय रहेका छन् । श्रीस वडा नं १० राङ्खानीका हुन् भने शाही जैमिनी ४ सर्कवाका हुन् ।

यस्तो छ मत परिणाम

उपसभापति(२):
१. टेकनारायण शर्मा- २९३- निर्वाचित
२.रामप्रसाद अधिकारी- १८६
३.रुद्रहरी शर्मा- ३३९-निर्वाचित
सचिव(२):
१ कृष्ण शर्मा-१९५
२ टेक बहादुर राना-८०
३ बालकृष्ण शर्मा-३०८-निर्वाचित
४. लक्ष्मिप्रसाद सापकोटा-२७०-निर्वाचित
-प्रदेश महाधिवेशन प्रतिनिधि (खुल्ला ७ जना)
क्र.स. नाम
१.ईन्द्रराज पाैडेल-३४९-निर्वाचित
२. ईश्वर ठाकुर पाैडेल-३०९-निर्वाचित
३. कमलराज सापकोटा-३१०-निर्वाचित
४. चुडामणी शर्मा पाैडेल-१४१
५. ठग ब. क्षेत्री थापा”ठगेन्द्र”-९८
६. दल ब. थापा -१३५
७. प्रभाकर पाैडेल -२६१-निर्वाचित
८. मोतीराम गाैतम -२४९-निर्वाचित
९. लक्ष्मिकान्त शर्मा” राजेन्द्र”-३०४-निर्वाचित
१०. लक्षमण आचार्य-२०९
११. सुमन भुषाल-२६७-निर्वाचित
१२. हरि बाबु सापकोटा- १३३
-खुल्ला महिला(३ जना)
क्र.स. नाम
१. उषा पाैडेल-२६२-निर्वाचित
२. कमलादेवि शर्मा-३५४-निर्वाचित
३. काैसिला बि.क.-१७७
४. मधु अम्माई-९९
५. राधिका कुंवर-२५९-निर्वाचित
६. लक्ष्मिदेवि चालिसे-२०२
-खस/आर्य पुरुष-२
क्र.स. नाम
१. ओम बहादुर खत्रि- १८८
२ प्रेम सापकोटा – २९३-निर्वाचित
३. श्रिकृष्ण पाैडेल-३४३-निर्वाचित
-खस/आर्य महिला-१
१. जमुना पाैडेल -१४१
२. दिपा गाैतम पाैडेल-२७७
-आदिवादी/जनजाती -१
क्र.स. नाम
१ पदम पुन-१५५
२ . लेख बहादुर थापा रोहित-२६७
-आरक्षण जनजाति महिला -१
क्र.स. नाम
१. माया थापा- ३०४-निर्वाचित
२ रिता थापा श्रिष- १२३

दलितबाट महाधिवेशन प्रतिनिधिमा केन्द्र बहादुर सुनार सर्वसम्मत हुनुभएको छ भने अल्पसंख्यक,मुस्लिम तथा अपांग कोटाबाट निल प्रसाद शर्मा सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । यी दुई कोटाबाट १/१ जनाको पद रहेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो