दलका उम्मेदवार र प्रतिनिधि बन्ने पत्रकारको सदस्यता खारेज गर्ने महासङ्घको चेतावनी, कि पत्रकार कि पार्टी बन्नुपर्ने

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, ५ मंसिर २०७८ ।

नेपाल पत्रकार महासङ्घले विभिन्न राजनीतिक दलका सङ्गठनमा उम्मेदवार र प्रतिनिधि बनेकाहरूको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ । आइतवार नेपाल पत्रकार महासङ्घकाे केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै यस्ताे चेतावनी दिएकाे हाे ।

पत्रकार महासङ्घको विधानले पत्रकार महासङ्घका पदाधिकारी वा सदस्यले पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा रहेर काम गर्न नपाउने व्यवस्था गरेको सम्झाउँदै महासङ्घले विधान विपरीत राजनीतिक दलका सङ्घ–सङ्गठनमा रहेर काम गर्ने पत्रकारलाई स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता नै खारेज गर्नेसम्मको चेतावनी दिएको छ । कुनै पनि दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने महासङ्घले स्मरण गराएको छ ।

अहिले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरूको विभिन्न तहमा अधिवेशन चलिरहेको छ । दलका अधिवेशनमा पत्रकार महासङ्घका सदस्यहरू नै उम्मेदवार बनेपछि आलोचना भइरहेको छ ।

प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीमा अहिले भइरहेका चुनावमा पत्रकार महासङ्घका सदस्यता लिएका व्यक्तिहरू पनि चुनिएको र प्रतिस्पर्धा गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको महासङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

उज्यालाे अनलाइनबाट साभार

यस्ताे छ महासंघकाे विज्ञप्ति


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो