नेकपा माओवादी केन्द्र जैमिनीको बिनामारेमा वडा अधिवेशन सम्पन्न, अध्यक्षमा रेग्मी

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ७ मंसिर २०७८ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकोे जैमिनी नगरपालिका ५ मा वडा अधिवेशन सम्पन्न भएको छ । सोमबार बागलुङको जैमिनी नगरपालिकाको वडा नं ५ बिनामारेमा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न भएको हो ।

सोमबार भएको वडा अधिवेशनबाट अध्यक्षमा नारायण रेग्मी र सचिवमा ऋषिराम शर्मा सहित २९ सदस्यीय वडा समिति निर्विरोध चुनिएको नेकपा माओवादी केन्द्रका जैमिनी नगर ईन्चार्ज लाल बहादुर परियारले जानकारी दिनुभयो ।

यसअघि मंसिर ४ गते जैमिनी नगरपालिकाका ७ वटा वडामा अधिवेशन भैसकेको छ । बाँकी रहेको वडा नं १ र वडा नं ४ मा मंसिर ९ गते वडा अधिवेशन हुने परियारले बताउनुभयो ।

यस अघि भएको अधिवेशनमा वडा नं २ को अध्यक्षमा नारायण सापकोटा, वडा नं ३ को अध्यक्षमा कृष्ण भुजेल, वडा नं ६ को अध्यक्षमा दल बहादुर थापा, वडा नं ७ को अध्यक्षमा रुद्र आचार्य, वडा नं ८ को अध्यक्षमा पदम पुन, वडा नं ९ को अध्यक्षमा मिना परियार र वडा नं १० को अध्यक्षमा टुकनाथ आचार्य निर्विरोध चयन हुनुभएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो