उड्दा उड्दै ड्युटी सकिएपछि पाइलटले यात्रुलाई बिचैमा अवतरण गराए, मन्त्रालयले स्पष्टीकरण साेध्याे

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, ७ मंसिर २०७८ ।

काठमाण्डौबाट रुकुमका लागि उडेको नेपाल एअरलाइन्सको जहाजलाई नेपालगञ्ज अवतरण गराउने पाइलटलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

हिजो साेमवार काठमाण्डौबाट चौरजहारी उडेको नेपाल एअरलाइन्सको ट्वीनअटर जहाजलाई पाइलट पेम्बा शेर्पाले आफ्नो ‘ड्युटी’ सकिएको भन्दै नेपालगञ्ज अवतरण गराएर अलपत्र पारेको यात्रुले गुनासो गरेका छन् ।

यात्रुको गुनासोपछि मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाइलट शेर्पालाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ । मन्त्री आलेले कुनै पनि व्यक्तिले गैरजिम्मेवार भएर यात्रु अलपत्र पार्ने काम आफूलाई सह्य नहुने चेतावनी पनि दिनुभएको मन्त्रालयले जनाएको छ ।

पाइलट शेर्पाले आफ्नो ड्युटी बेलुका ४ बजेसम्म मात्रै भएको भन्दै हिजो जहाजलाई रुकुम नपुर्‍याइ नेपालगञ्जमै अवतरण गराउनुभएको थियो । उज्यालाे अनलाइनबाट 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो