शिक्षामन्त्री देवेन्द्र पौडेल जैमिनीमाः आफ्नो कार्यकालमा शिक्षा क्षेत्रको सुधार गर्ने उद्घोष

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ११ मङ्सिर, २०७८ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आफ्नो कार्यकाल भित्रै शिक्षा क्षेत्रमा सुधारको सुरुवात गर्ने बताउनुभएको छ । शनिबार नेकपा माओवादी केन्द्र जैमिनी नगर अधिवेशनको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

राजनितिक आफ्नो ठाउँमा रहने भन्दै मन्त्री पौडेलले समग्र शिक्षा क्षेत्रको सुधारका लागि आफ्नो काँधमा जिम्मेवारी आएको बताउनुभयो । लामो समयदेखि स्थायी शिक्षक नियुक्तीका लागि खुल्न नसकोको शिक्षा सेवा आयोगमा अब छिटै विज्ञापन खुलाइने जानकारी दिँदै उहाँले शिक्षा क्षेत्रको मुख्य समस्याको रुपमा रहेको शिक्षक सेवा आयोग प्रति शिक्षा मन्त्रालयले विशेष ध्यान दिएको स्पष्ट पार्नुभयो ।

No description available.
नेकपा माओवादी केन्द्र जैमिनी नगर अधिवेशनको उद्घाटन गर्दैशिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल

“अबको शिक्षा व्यवहारिक हुनुपर्छ, विद्यार्थीले पढ्दै कमाउँदै गर्न सकुन्” उहाँले भन्नुभयो “बल्लपो शिक्षा आर्जन गरेको काम लाग्छ, यसले भविश्य निर्माणमा समेत ठुलो महत्व राख्नेछ ।”फरक प्रशंगमा पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने दावी गर्नुभयो । माओवादीले संघर्ष गरेर बचाएको देशको अस्तित्वमाथि अरुले रजाईँ गरेको भन्दै मन्त्री पौडेलले जनतामा चेतना ल्याउन माओवादीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

मन्त्री पौडेललाई जैमिनी नगरपालिका र शान्ति माध्यामिक विद्यालय कुश्मिसेराले पनि बधाई ज्ञापन गरेको थियो ।

No description available.
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल जैमिनीमा
No description available.
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई बधाई ज्ञापन तथा जैमिनीमा स्वागत गर्ने तयारीमा जैमिनी नगरपालिकाको टिम
No description available.
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई बधाई ज्ञापन तथा जैमिनीमा स्वागत गर्दै जैमिनी नगरपालिकाका लेखा अधिकृत सुर्य बहादुर बिक
No description available.
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई बधाई ज्ञापन तथा जैमिनीमा स्वागत गर्दै शान्ति माध्यामिक विद्यालय कुश्मिसेरा

याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो