आजदेखि जैमिनी बरेङ सडक खण्ड दैनिक १० घण्टा बन्द हुने, यस्तो छ कार्यतालिका

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १३ मंसिर २०७८ ।

जैमिनी बरेङ सडक खण्ड दैनिक १० घण्टा बन्द हुने भएको छ । सडक विस्तारको क्रमलाई तिब्रता दिन सोमबार देखि दैनिक बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।

जैमिनी नगरपालिका १० राङ्खानीको नाम्दुक देखि बरेङ गाउँपालिका १ धुल्लुबाँस्कोट चित्रेसम्मको सडक स्तरोन्नती गर्ने कार्य भैरहेकाले बन्द गर्नु परेको निर्माणको जिम्मा पाएको रौताखानी धुलीखेल जेभीका साईड ईन्चार्ज खेमराज सुबेदीले जानकारी दिनुभयो । काम गर्ने क्रममा सवारी सञ्चालन गर्दा जोखिम हुने र निरन्तर काम गर्न पनि बाधा पुग्ने भएकाले सवारी बन्द गरेर काम गर्नुपरेको उहाँको भनाई छ ।

अर्को सूचना जारी नभएसम्म सडक बन्द रहने भन्दै उहाँले सवारी साधनहरुलाई बैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो