माघ २ र ३ मा कक्षा १२ को ग्रेडवृद्धि परीक्षा हुने,कस्ता परीक्षार्थिले दिन पाउछन्?बिस्तृतमा

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, १९ मंसिर २०७८ ।

 

कक्षा १२ काे पुरक परीक्षा माघ २ र ३ गते हुने भएकाे छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात पूरक परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको हाे । बोर्डले अस्ति अर्थात  शुक्रबार सार्वजनिक गरेकाे कक्षा १२ काे नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले पुन: ग्रेड वृद्घि गर्नका निम्ति पूरक परीक्षा दिन पाउने भएका हुन् ।

परीक्षा बोर्डले सूचना जारी गर्दै अन्य सबै विषयमा सी प्लस वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा सी वा डी प्लस ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त दुई वा ती मध्ये कुनै एक विषयमा ग्रेड वृद्घि गर्नका लागि परीक्षा दिनसक्ने जानकारी गराएकाे छ । अन्य सबै विषयमा डी प्लस वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा डी वा ई ग्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले उक्त दुई विषयमा ग्रेड वृद्घि परीक्षा दिन सक्ने बोर्डले जनाएको छ ।

पुरक परीक्षा दिउँसो ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने जनाइएकाे छ । रजिष्ट्रेसन नम्बरको सुरुको दुई अंक ७७ भएका र बोर्डको मापदण्ड पूरा गरेका परीक्षार्थीहरुलाई बढीमा दुई विषयमा मात्र ग्रेड वृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्थासहित ग्रेडवृद्धिको परीक्षा सञ्चालन गर्ने तयारी भएकाे बाेर्रडले जनाएकाे छ ।

परीक्षामा सामेल हुन चाहने विद्यार्थीले सम्बन्धित विद्यालयका प्रधानाध्यापकबाट प्रमाणित गराई आगामी पुस १८ गतेभित्र आवेदन फारम भरिसक्नु पर्ने समेत जनाइएकाे छ ।  यदि पहिलाे मिति समाप्त हुँदा  सम्म पनि परीक्षार्थिले फारम नभरेकाे खण्डमा दोब्बर शुल्कसहित पुस २२ गते सम्ममा फारम विद्यालयमा बुझाइ सक्नु पर्ने बोर्डकाे सूचनामा उल्लेख छ ।

त्यसैगरी सम्बन्धित विद्यालयले विद्यार्थीहरुद्वारा भरिएको फारम २६ गतेसम्म बोर्डका कार्यलयहरुमा बुझाउनु पर्ने समेत सुचनामा उल्लेख गरीएकाे छ ।  परीक्षाफल रद्द भएका परीक्षार्थीहरूले भने ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुन नपाउने राष्ट्रिय परीक्षा बोर्डले  जनाएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो