काेराेनाकाे नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, १९ मंसिर २०७८ ।

पछिल्लाे समयमा देखिएकाे काेराेना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न आवश्यक तयारी थाल्न मन्त्रालयलाई शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएकाे छ ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जाेगिनका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हाे ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासहित सिंहदरवारमा आइतबार बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको छ ।

 

भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण नयाँ भेरीएन्ट नेपाल भित्रन सक्ने तर्फ सचेत रहन आग्रह गर्दै जनस्वास्थ्यमा ध्यान दिएर नाकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न समितिकी सभापति जयपुरी घर्तीले मन्त्रालयलाई निर्देशन दिनुभयाे । कोरोनाको खोपलाई जनतासमक्ष चाँडो भन्दा चाँडो पुर्‍याउने कुरा चाँडै कार्यान्वयन गर्नुकासाथै,ज्येष्ठनागरिकहरुलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न समेत घर्तिकाे सुझाव थियाे ।

 

समितिले हरेक, वडा, गाउँपालिका र नगरपालिकामा कोरोना बिरूद्धकाे खोप लगाउने समय नतोकी जुनकुनै समयमा पनि खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिनुभयाे । उहाँले कोरोनाको नयाँ भेरियन्टबाट बच्नको लागि अक्सिजन र भेन्टिलेटरको अवस्था बुझी आवश्यक्ता अनुसार जुटाउन र प्रयोग भइसकेका कुराहरुलाई व्यवस्थित गर्न समे निर्देशन दिनुभएकाे छ ।

 

‘ओमिक्रोनकाे संक्रमण बाट बच्न र आम मानिसलाई डर र त्रास उत्पन्न हुन नदिन शतर्कता अपनाउनु पर्छ भन्ने कुराको चेतना दिनुपर्ने साथै नयाँ भेरीएन्ट आइहाल्यो भने  हामीलाई गाह्रो पर्ने भन्दै त्यसको पूर्वतयारीको लागि मन्त्रालय लागि पर्न आग्रह गर्नुभयाे ।  ‘नेपालमा ओमिक्रोनको खतरा सबैभन्दा धेरै भारतबाट नै भएकाे हुँदा भारतबाट आउने मानिस सबैलाई खोप लगाएको कार्ड र आउने बेला पीसीआर यी दुई वटा कुरामा मन्त्रालयले बिशेष ध्यान दिनुपर्ने घर्तिकाे भनाइ छ ।  अहिले राजनीतिक मुद्दा भन्दा पनि कोरोनाको तेस्रो भेरियन्टबाट जनताको स्वास्थ्यकाे सुरक्षातर्फ लाग्न पनि  घर्तिले निर्देशन दिनुभएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो