जैमिनीमा निःशुल्क आँखा शिविर सहितका कार्यक्रम सम्पन्न, विद्यालयमा १ लाखको अक्षयकोष स्थापना

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २३ मंसिर २०७८ ।

बागलुङको जैमिनी नगरपालिका ५ बिनामारेमा निःशुल्क आँखा शिविर तथा अक्षयकोष स्थापना कार्यक्रम बिहिबार सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीको आयोजनामा सर्वोदय जनक माध्यामिक विद्यालयमा निःशुल्क आँखा शिविर तथा अक्षयकोष स्थापना कार्यक्रम सम्पन्न भएको हो ।

क्लवको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा २ सय ७१ जनाको आँखा परीक्षण भएको सर्वोदय जनक माध्यामिक विद्यालयका प्रधानाध्यापक भवानी आचार्यले जानकारी दिनुभयो ।

May be an image of 7 people and people standing

शिविरमा १२ जनाको आँखा शल्याक्रिया गर्नुपर्ने देखिएको छ । उनिहरुलाई पोखरामा निशुल्क शल्याक्रिया गरिने क्लवका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिनुभयो । शिविरमा ८० जनाको आँखामा चस्मा लगाउनुपर्ने देखिएकोले निशुल्क चस्मा वितरण गरिएको र ९७ जनाको आँखा सुख्खा हुने÷चिलाउने÷आँखामा मासु पलाएको पाइएकाले उनिहरुलाई औषधि र परामर्श दिइएको थियो ।

शिविरमा औषधि तथा चस्मा निःशुल्क प्रदान गरिएको क्लवका जोन चेयरपर्सन तथा आँखा शिविर कार्यक्रमका संयोजक कमल बहादुर बस्नेतले जानकारी दिनुभयो ।

यस्तै आफ्ना मातापिताको सम्झनामा छोराहरु डाक्टर बालकृष्ण आचार्य, नारायण आचार्य र जयराम आचार्यले विद्यालयमा १ लाख १ सय रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

May be an image of 8 people and people standing

कार्यक्रमको अवसरमा लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीका निवर्तमान अध्यक्ष जयराम आचार्य र लायन्स क्लब अफ बागलुङ जैमिनीका सचिव नारायण आचार्यले जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेल, बिनामारेका वडाध्यक्ष गोपाल प्रसाद शर्मा लगाएतको रोहवरमा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई एक लाख एक सय रुपैयाँको चेक हस्तानतरण गर्नुभएको थियो । अक्षयकोषदाता आचार्य विनामारेबासी नै हुनुहुन्छ ।

May be an image of 4 people, people standing and text that says 'ENDOWMENT FUNDEST FREE EYE CAMP अक्षय कोष स्थापना कार्यक्रम नि शुल्क आँखा शिविर ORSANC S HEAAINTILIOSPEA ក'

यता बिहिबार नै क्लवको तर्फबाट बिनामारे कुँडारमा अवस्थित सरस्वती प्राथमिक विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ । विद्यालयका ५९ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको कार्यक्रमका संयोजक तथा डिपार्टमेन्ट चिफ राजु श्रेष्ठले जानकारी दिनुभयो । वडाध्यक्ष गोपाल प्रसाद शर्मा, वडा सदस्य रुद्रा केसी सहितको रोहवरमा करिव ३० हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण भएको विद्यालयका प्रधानाध्यापक थुमा केसीले जानकारी दिनुभयो । क्लवको तर्फबाट विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर थापालाई न्यनो कपडा हस्तान्तरण भएको थियो ।

May be an image of 5 people and people standing


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो