आचार्य परिवारद्वारा सर्वोदय मा.वि. विनामारेमा १ लाख १ सयको अक्षयकोष स्थापना

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २४ मंसिर २०७८ ।

सर्वोदय जनक माध्यामिक विद्यालय बिनामारेमा एक लाख एक सय रूपैयाँकाे अक्षयकाेष स्थापना गरिएकाे छ । आफ्ना मातापिताको सम्झनामा छोराहरु डाक्टर बालकृष्ण आचार्य, नारायण आचार्य र जयराम आचार्यले विद्यालयमा १ लाख १ सय रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हाे ।

बागलुङको जैमिनी नगरपालिका ५ बिनामारेमा अवस्थित विद्यालयमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार छात्र छात्राहरूकाे पठाइलाई सहयोग पु¥याउन अक्षयकोष स्थापना गरिएको अक्षयकोषका संरक्षक जयराम आचार्यले जानकारी दिनुभयो ।

No description available.

बिहिबार अक्षयकाेष स्थापना कार्यक्रमको अवसरमा लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीका निवर्तमान अध्यक्ष जयराम आचार्य र लायन्स क्लब अफ बागलुङ जैमिनीका सचिव नारायण आचार्यले जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेल, बिनामारेका वडाध्यक्ष गोपाल प्रसाद शर्मा लगाएतको रोहवरमा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई एक लाख एक सय रुपैयाँको चेक हस्तानतरण गर्नुभएको थियो । अक्षयकोषदाता आचार्य परिवार विनामारेबासी नै हुनुहुन्छ ।

May be an image of 8 people and people standing


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो