नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागलुङको अध्यक्षमा प्रकाश छन्त्याल चयन

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २५ मंसिर २०७८ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागलुङको अध्यक्षमा पत्रकार प्रकाश छन्त्याल चयन हुनुभएको छ । शनिबार सम्पन्न तेस्रो जिल्ला अधिबेशनबाट छन्त्याल अध्यक्षमा चुनिनुभएको हो ।

९ सदस्यीय जिल्ला समितिको उपाध्यक्षमा मञ्जुल शाक्य, सचिवमा डम्मर बुढा मगर, कोषाध्यक्षमा तिलक घर्ती मगर, सह सचिवमा छलिता बुढा मगर चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा शर्मिला रोका मगर, देउमाया राना, लक्ष्मी अर्गेजा र सुरेश छन्त्याल चुनिनुभएको समितिले जनाएको छ ।

संघीय प्रतिनिधिमा दिल शिरिष, राजेशचन्द्र राजभण्डारी, संगम घर्ती मगर, मनिष थापा र याम चुनिनुभएको छ । यता प्रदेश प्रतिनिधिमा विजय राना, लिला थापा, चक्रवीर थापा, प्रशान्त घर्ती मगर सुरेश पुन र रोम थापा चयन हुनुभएको छ ।

शनिबारको अधिवेशनबाट सबै प्रतिनिधि निर्विरोध चयन भएको निवर्तमान अध्यक्ष संगम घर्ती मगरले जानकारी दिनुभयो । अधिवेशन पछि फोनिजका निवर्तमान अध्यक्ष घर्तीले अध्यक्ष छन्त्याललाई संस्थाको माइन्युट हस्तान्तरण गर्नुभएको छ । निर्वाचित अध्यक्ष छन्त्याल ईपरी न्युज डटकमको सह सम्पादक तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको सदस्य समेत हुनुहुन्छ ।

अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेश समितिका महासचिव रुद्र श्रीषले फोनिजलाई क्रियाशिल बनाउन सबै लागि पर्नेुपर्ने बताउनुभएको छ । पछिल्लो समय पत्रकारीता गर्नेहरुको संख्या कम भईरहेको भन्दै उहाँले पत्रकारितामा नयाँ पुस्तालाई आकर्षित गर्ने गरी काम गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा फोनिजका सल्लाहकार राजेशचन्द्र राजभण्डारी, याम थापा, नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिर बिक, प्रेस चौतारीका अध्यक्ष उमाकान्त शर्मा, प्रेस सेन्टरका उपाध्यक्ष सज्जन कुमार सिंह, प्रगतिशिल पत्रकार संघका सचिव विजय राना, क्षेत्री पत्रकार समाजका राम थापा ‘अविरल’ दलित पत्रकार संघका अध्यक्ष अनिष खातीले लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो