अश्लील शिर्षक राखेर भिडियाे बनाउने बागलुङका एक युटुवर पक्राउ, पक्राउ परेका माथि अनुसन्धान हुँदै

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, १२ पुस २०७८ ।

अश्लील शिर्षक राखेर भिडियाे बनाउने बागलुङका एक युटुवर पक्राउ परेका छन् । अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएको आरोपमा साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलका सञ्चालक रामबहादुर मल्ल पक्राउ परेका हुन् ।

बागलुङकाे निसीखोला गाउँपालिका घर भइ काठमाण्डौ अनामनगर बस्ने मल्ललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको जानकारी गराइएकाे छ । पक्राउ परेका मल्ललाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनले युट्युब च्यालनमार्फत अश्लीलता शीर्षकमा भिडिओ राखेर समाजमा अश्लीलता फैलाएको प्रहरीको आरोप छ । उनले के शिर्षक राखेकाे र के विषयकाे भिडियाे बनाएका थिए भन्ने प्रहरीले खुलाएकाे छैन ।

May be an image of text


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो