बरेङमा समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत विद्यालय मार्फत सचेतना फैलाइँदै

याे सामग्री सेअर गर्नुहाेस्

दिपेन्द्र परियार
बागलु्ङ, १३ पुस २०७८ ।

बरेङमा समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत विद्यालय मार्फत सचेतना फैलाउन थालिएको छ । बागलुङको बरेङ गाउँपालिका अन्तरगतका विद्यालय मार्फत विद्यालयस्तरका विद्यार्थीहरुलाई सार्वजनिक स्थानमा हुनसक्ने अभद्र व्यवहार र अपराध नियन्त्रण तथा सामाजिक विकृती विरुद्ध नेपाल प्रहरीको सुरक्षा जानकारी सम्बन्धी चेतनामूलक कार्यक्रम गर्न थालिएको हो ।

व्यक्तिको आत्मसम्मानमा ठेस पुर्याउनुका साथै मनोवैज्ञानिक र नकरात्मक असर पारी गम्भीर दुर्घटना समेत आउन सक्ने भएकाले अभद्र व्यवहार र हैरानीका विषयमा विद्यार्थीलाई जानकारी गराइएको ईलाका प्रहरी कार्यालय बरेङ डाँडाका प्रहरी निरिक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो ।

बरेङ गाउँपालिकाको सहकार्य र प्रहरीको आयोजनामा ईलाकका प्रहरी कार्यालय बरेङ डाँडाको मातहतमा पर्ने बरेङ क्षेत्रका बिभिन्न माध्यमिक तह सञ्चालित विद्यालय, स्थानिय तहका कर्मचारी, सामाजिक तथा सामुदायिक संघ सस्थाहरुमा कार्यक्रम सञ्चालन गरिएको हो । विशेष गरी कक्षा ११÷१२ तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

सचेतनामूलक कार्यक्रम बरेङका विभिन्न ठाउँमा सम्पन्न भैसकेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी सँग एक दिन कार्यक्रम सोमबार बरेङ बजार स्थित सर्बोदय क्याम्पसमा सञ्चालन गरिएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, कर्मचारी तथा नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो