काठमाण्डौका सबै पालिकाबाट आजदेखि राष्ट्रिय परिचयपत्रको सेवा लिन सकिने

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, २५ पुस २०७८ ।

काठमाण्डौका सबै इलाका प्रशासन र पालिकाबाट आजदेखि राष्ट्रिय परिचयपत्रको सेवा लिन सकिने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आजदेखि काठमाण्डौका सबै इलाका प्रशासन र पालिकाबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाएको जनाएको छ ।

गएको मंसिर १ गतेदेखि राहदानी विभागले विद्युतीय राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा भीड लाग्दै आएको छ ।

भीड व्यवस्थापन तथा परिचयपत्र सहजताका लागि इलाका प्रशासन र पालिकाबाट पनि अनलाइन सेवाका लागि दर्ता स्टेशन थप गरिएको विभागले जनाएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विद्युतीय राहदानी अर्थात ई–पासपोर्टको अनलाइन आवेदन लिने सेवा छैन ।

यसअघि विद्युतीय राहदानी बनाउन काठमाण्डौ आउने सेवाग्राहीका लागि ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा प्रदेश-२ का अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा विवरण प्रविष्टका लागि आवश्यक व्यवस्था गरिएको थियो ।

यस्तै ललितपुर, कर्णाली र सुदूरपश्चिम प्रदेशका अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर तथा प्रदेश-१, लुम्बिनी र गण्डकी प्रदेशका सेवाग्राहीका लागि नारायणहिटी दरबार परिसर (साविकको राहदानी विभाग)मा व्यवस्था गरिएको थियो । यीसहित काठमाण्डौमा इलाका प्रशासन र पालिकाबाट सेवा थप भएको विभागका निर्देशक एवम् सूचना अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो ।

अहिलेसम्म झण्डै ५२ लाख नागरिकको वैयक्तिक तथा जैविक विवरण सङ्कलन भइसकेको छ । उज्यालाे अनलाइनबाट साभार


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो