दोश्रो जैमिनी महोत्सव आजदेखि सुरु

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २६ पुस २०७८ ।

बागलुङको कुश्मिसेरामा आजदेखि दोश्रो जैमिनी महोत्सव सुरु भएको छ । सहारा क्लव कुश्मिसेराको आयोजनामा जैमिनी नगरपालिकाको कुश्मिसेरामा महोत्सव सुरु भएको हो ।

माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले गर्नुहुने आयोजक सहारा क्लव कुश्मिसेराले जानकारी दिएको छ । करिब १ लाख ५० हजार दर्शक आउने महोत्सव स्थल अहिले बेहुली झैं सजिएको छ ।

कोरोनाको जोखिमलाई दृस्टिगत गरि महोत्सव स्थलमा मास्क अनिवार्य गरिएको छ भने मुल गेटमा सेनिटाइजरको व्यवस्था गरिएको छ ।

सुरक्षाको जोखिम नहोस् भनेर महोत्सव स्थलमा सिसि क्यामेरा जडान गरिएको छ । थप समाचारको लागि 👉️   जैमिनीमा दोश्रो जैमिनी महोत्सव


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो