आज जैमिनी महोत्सवको दोस्रो दिनः महिला भलिवलको उद्घाटन, चर्चित कलाकार स्टेजमा

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २७ पुस २०७८ ।

बागलुङको कुश्मिसेरामा सञ्चालित दोस्रो जैमिनी महोत्वको दोस्रो दिन बिभिन्न कार्यक्रमहरु भएको छ । सोमबारदेखि सुरु भएको महोत्सवमा मंगलबार खुल्ला उप मेयर कप महिला भलिवल प्रतिगिता, बि लेभलको डबल ब्याडमिन्टन प्रतियोेगिता सहित बिविध कार्यक्रम भएको हो ।

खुल्ला उप मेयर कप भलिवलको जैमिनी नगरपालिकाका नगर उप प्रमुख लिला रानाले उद्घाटन गर्नुभएको छ । उद्घाटन खेलमा गलकोट र सहारा क्लवको बि समुह विच प्रतिस्पर्धा भएको थियो ।

यस्तै महोत्सवमा चर्चित कलाकार रेशम निर्दोष, निशा पोखरेल, डिलु मगर लगाएतको प्रस्तुति रहेको छ ।

पुस २७ गतेदेखि सुरु भएको महोत्सव ४ गतेसम्म सञ्चालन हुनेछ तर कोरोनाको जोखिमलाई ध्यानमा राख्दै २ गते नै समापन गर्नुपर्ने हुन सक्ने आयोजक सहारा क्लवका अध्यक्ष सुरेश सुनारले जानकारी दिनुभयो ।

कोरोना जोखिम नहोस् भनेर महोत्सव स्थलको मुल गेटमा सेनिटाइजर र हात धुने साबुनपानीको व्यवस्था गरिएको छ । महोत्सव स्थलमा मास्क अनिवार्य गरिएको छ भने बजार क्षेत्रमा पनि मास्क विना हिँडडुल गर्न नपाइने नियम बनाइएको छ ।

महोत्सवमा असहाय तथा अपांगता भएकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिनेछ भने सुरक्षाको जोखिम नहोस् भनेर महोत्सव स्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

महोत्सवमा १ लाख ५० हजार रुपैयाँ पुरस्कार राशीको खुल्ला पुरुष मेयर कप भलिवल प्रतियोगिता आयोजना गएिको छ । प्रतियोगिताको द्वित्तीय पुरस्कार ८० हजार रुपैयाँ, तृतीय पुरस्कार ३० हजार रुपैयाँ र सान्तवना पुरस्कार २० हजार रुपैयाँ रहेको आयोजक सहारा क्लव कुश्मिसेराले जनाएको छ ।

यस्तै महोत्सवकै अवसरमा ३५ हजार रुपैयाँ राशीको खुल्ला उप मेयर कप महिला भलिवल प्रतियोगिताको पनि आयोजना गरिएको छ । प्रथम जैमिनी महोत्सवमा नभएको यो प्रतियोगिता यस बर्ष राखिएकोे क्लवका अध्यक्ष सुरेश सुनारले जानकारी दिनुभयो । खुल्ला उप मेयर कप महिला भलिवल प्रतियोगिताको द्वित्तीय पुरस्कार १७ हजार, तृतीय पुरस्कार ८ हजार र सान्तवना पुरस्कार ५ हजार रुपैयाँ रहेको छ ।

महोत्सवमा खुुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता, खुल्ला पुरुष बि लेभल ब्याडमिन्टन प्रतियोगिता, वडा स्तरीय रत्यौली प्रतियोगिता, वडा स्तरीय भजन प्रतियोगिता, माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, जैमिनी डान्स आईडल, कृषि उपज तथा पशु प्रदर्शनी, भजन, सोरठी, सालैजो, यानिमाया, झ्याउरे सहितको झाँकी, हस्तकला प्रदर्शनी सहित रमाइलो मेला र ख्यातिप्राप्त कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रमहरु तय भएको आयोजक संस्थाले जानकारी दिएको छ ।

“स्थानीय कला संस्कृति तथा खेलकुदको सम्वद्र्धन, कृषि उद्योग व्यापार तथा पर्यटनको प्रवद्र्धन” भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुद्वारा दैनिक साँस्कृतिक प्रस्तुतिहरु रहनेछ ।

सहारा खेल मैदान जैमिनी नगरपालिका २ दुर्लेवेशी कुश्मिसेरामा भैरहेको महोत्सवको मिडिया पार्टनरको रुपमा जैमिनी नगरपालिका १ कुश्मिसेरा बागलुङमा रहेको शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज रहेको छ । जिल्लाखबर डटकम सहित स्थानीय रेडियो र पत्रपत्रिकाहरु मिडिया सहयोगीको रुपमा रहेका छन् ।

महोत्सवलाई प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, गोर्खा ब्रुअरी लगाएतले प्रायोजन गरेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो