आज पाँच वटा प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना, यस्ताे छ माैसमी तालिका

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डौ, २८ पुस २०७८ ।

आज पाँच वटा प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार वाग्मती, गण्डकी र प्रदेश १ का उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने सम्भावना छ ।

भोलि बेलुकादेखि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रको एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना देखिएको छ । तराईमा हुस्सु कुहिरो लागेको छ । तत्कालै नयाँ मौसमी प्रणाली भित्रने नदेखिएको र मौसम खुल्दै जाने मौसमविद् मानन्धरले बताउनुभयो । उज्यालाे अनलाइनबाट साभार 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो