दोश्रो जैमिनी महोत्सवमा आज लोक सम्राट राजु परियार आउदै

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २९ पुस २०७८ ।

दोश्रो जैसमनी महोत्सवमा आज लोक सम्राट राजु परियार आउदै हुनुहुन्छ । बागलुङको जैपिमनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा पुस २६ गतेदेखि सुरु भएको महोत्सवमा आज लोक सम्राटको उपाधि पाउन सफल चर्चित लोक तथा दोहोरी गायक राजु परियार आउन लाग्नुभएको हो ।

पुस २७ गतेदेखि सुरु भएको महोत्सव ४ गतेसम्म सञ्चालन हुनेछ तर कोरोनाको जोखिमलाई ध्यानमा राख्दै  छिटाे समापन गर्नुपर्ने हुन सक्ने आयोजक सहारा क्लवका अध्यक्ष सुरेश सुनारले जानकारी दिनुभयो ।

कोरोना जोखिम नहोस् भनेर महोत्सव स्थलको मुल गेटमा सेनिटाइजर र हात धुने साबुनपानीको व्यवस्था गरिएको छ । महोत्सव स्थलमा मास्क अनिवार्य गरिएको छ भने बजार क्षेत्रमा पनि मास्क विना हिँडडुल गर्न नपाइने नियम बनाइएको छ ।

महोत्सवमा असहाय तथा अपांगता भएकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिनेछ भने सुरक्षाको जोखिम नहोस् भनेर महोत्सव स्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

महोत्सवमा १ लाख ५० हजार रुपैयाँ पुरस्कार राशीको खुल्ला पुरुष मेयर कप भलिवल प्रतियोगिता आयोजना गएिको छ । प्रतियोगिताको द्वित्तीय पुरस्कार ८० हजार रुपैयाँ, तृतीय पुरस्कार ३० हजार रुपैयाँ र सान्तवना पुरस्कार २० हजार रुपैयाँ रहेको आयोजक सहारा क्लव कुश्मिसेराले जनाएको छ ।

“स्थानीय कला संस्कृति तथा खेलकुदको सम्वद्र्धन, कृषि उद्योग व्यापार तथा पर्यटनको प्रवद्र्धन” भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुद्वारा दैनिक साँस्कृतिक प्रस्तुतिहरु रहनेछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो