जैमिनी महोत्सवमा रामजी खाँडको धमका, यस्तो छ भोलिको कार्यक्रम

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३० पुस २०७८ ।

जैमिनी महोत्सवको पाचौँ दिन आज रामजी खाँडको प्रस्तुति संगै विविध कार्यक्रमहरु भएको छ । महोत्सवमा आज लोक तथा दोहोरी गायक रामजी खाँड लगाएतको प्रस्तुति सँगै विविध कार्यक्रमहरु सञ्चालन भएको हो ।

बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारमा सञ्चालन भैरहेको महोत्सवमा आज मेयर कप भलिवल प्रतियोगिता, डबल ब्याडमिन्टर प्रतियोगिता लगाएतका कार्यक्रम र बिभिन्न कलाकारहरुको साँस्कृतिक प्रस्तुति रहेको आयोजक सहारा क्लव कुश्मिसेराले जनाएको छ ।

आज नै रत्यौली प्रतियोगिता, जैमिनी डान्स आइडल गाएतका कार्यक्रमहरु पनि भएको छ । “स्थानीय कला संस्कृति तथा खेलकुदको सम्वद्र्धन, कृषि उद्योग व्यापार तथा पर्यटनको प्रवद्र्धन” भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुद्वारा दैनिक साँस्कृतिक प्रस्तुतिहरु भैरहेको छ ।

महोत्सवको भोलि मुल समारोह हुँदैछ । शनिबार सुगम संगितका चर्चित कलाकार शिव परियार, हाँस्य कलाकार राजेन्द्र नेपाली, लोक दोहोरी कलाकार सरस्वती लामिछाने लगाएतका कलाकारहरु को सांगीतिक प्रस्तुति रहनेछ ।

jaimini mahotsab magh 1


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो