बागलुङ, ३ माघ २०७८ ।
जैमिनी नगरपालिकाभरीका सबै विद्यालय बन्द भएको छ । कोरोना महामारी बढ्दै गएपछि बागलुङकाे जैमिनीका सम्पूर्ण विद्यालयहरु बन्द गरिएको हो ।
शिक्षा मन्त्रालयको पत्र अनुसार बर्खे वा हिउँदे बिदामा मिलान हुने गरी माघ ३ गतेदेखि १५ गतेसम्म विद्यालय बन्द गरिएको जैमिनी नगरपालिकाका शिक्षा उप सचिव खेम प्रसाद आचार्यले जानकारी दिनुभयो ।
विद्यालय बन्द भएपनि शिक्षक तथा कर्मचारीहरुले १२ देखि १७ बर्षसम्मका विद्यार्थीहरुलाई खोप लगाउन नगर स्वास्थ्य शाखामा समन्वय गर्ने र १८ बर्ष माथिका सबै शिक्षक, कर्मचारी, विद्यार्थीहरुलाई पनि अनिवार्य खोप लगाउन समन्वय गर्नुपर्ने छ ।
आइतबार एक सूचना जारी गर्दै नगर शिक्षा शाखाले बिदाको समयमा सिकाई निर्देशिका अनुसार विद्यार्थीहरुलाई सिकाई सहजिकरण गर्न सबै विद्यालयहरुलाई आग्रह गरेको छ ।


फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्