बागलुङ, ३ माघ २०७८ ।
गएराति कुश्मिसेराको एक घरमा चोरी भएको छ । बागलुङको जैमिनी नगरपालिका १ टार अम्टारीका हेमलाल पौडेलको घरमा चोरी भएको हो ।
घर पछाडिको गेटमा लगाएको ताला फोडेर साँढे तीन तोला सुन र नगद ६० हजार रुपैयाँ चोरी भएको प्रहरी चौकी कुश्मिसेराले जानकारी दिएको छ । घर पछाडिको तल्लो तलाबाट पसेकाे र माथिल्लो तलाको सुत्ने कोठामा ताला फोडेर दराज भित्र रहेको सामान चोरी भएको प्रहरी चौकी इृन्चार्ज प्रहरी नायब निरिक्षक ईश्वर दुलालले जानकारी दिनुभयो ।
३ वटा सुनका औँठी, एउटा नेक्लेस, एउटा सिक्री र माइली तिलहरी र नगद ६० हजार रुपैयाँ चोरी भएको पीडित हेमलाल पौडेलले जानकारी दिनुभयो । अहिले प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ ।


फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्