जैमिनीमा कृषि औजार मर्मत तालिम सुरु, कृषकको औजार निशुल्क मर्मत गरिने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ४ माघ २०७८ ।

जैमिनीमा कृषि मेसिनरी औजार मर्मत तालिम सुरु भएको छ । नयाँ तथा बैदेशिक रोजगारबाट फर्किएका युवा कृषकहरुको लागि कृषि मेसिनरी औजार मर्मत तालिम सोमबारबाट सुरु भएको हो ।

कृषि व्यवसाय प्रवद्र्धन तथा तालिम केन्द्र पोखराको आयोजना र जैमिनी नगरपालिकाको समन्वयमा सञ्चालन भएको तालिम पहिलो चरणको ६ दिन र दोश्रो चरणको १० दिन सञ्चालन हुने जैमिनी नगरपालिकाका कृषि प्राविधिक रविन्द्र आचार्यले जानकारी दिनुभयो । यो अवधिमा कृषकहरुका कृषि औजार बिग्रेको भए निशुल्क मर्मत सम्भार समेत गरिने उहाँको भनाई छ ।

कार्यक्रममा कृषि प्रचार अधिकृत विनोद शर्माले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै विना तालिम औजार बाँढ्दा अनुदानको सदुपयोग हुन नसक्ने भन्दै कृषकहरुलाई उचित तालिमको आवश्यक पर्ने बताउनुभयो । कृषकहरुले सामान्य कृषि औजार बिग्रेमा पनि आफैले मर्मत गर्न सकुन् भनेर तालिमको आयोजना गरिएको उहाँको भनाई छ ।

जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले नगरपालिकाले अनुदानमा दिएका कृषि सामग्रीहरु बिग्रिएर प्रयोग बिहिन बनेकोले यो तालिमले कृषकहरुको सामग्रीको सदुपयोग हुनेमा आशा व्यक्त गर्नुभएको छ । कृषि औजार प्रयोगबारे जानकारी राख्नुपर्ने भन्दै नगर प्रमुख पौडेलले कृषि शाखाले कृषकहरुले कृषि औजार प्रयोग गरे बापत दिने रकमको पनि एकरुपता हुनुपर्ने बताउनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो