एकापसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, मादक पदार्थ सेवन गरेकाे पाइयाे

याे सामग्री सेअर गर्नुहाेस्

मोरङ, ५ माघ २०७८ ।

झापाको कचनकवल–४ केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तीन गम्भीर घाइते भएका छन् ।

भारतीय नम्बर प्लेट बिआर ३७सी ९००८ र बिआर ३७इ १९९४ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिक सञ्जीव सिंहको मृत्यु भएको हो । घाइते सिंहको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । सो दुर्घटनामा कचनकवल–४ का ३० वर्षीय प्रदीप गणेश, भारतीय नागरिक हरण गणेश र एमडी ओकिल मियाँ गम्भीर घाइते भएका छन् । मोटरसाइकलका सवार सबैले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी भद्रपुर–३ ज्ञानेचोकमा मे३प १५३४ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा कचनकवल–६ का अस्नव अन्सारी र भारतीय नागरिक नासुब खातुन घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो