काठमाडौ, ५ माघ २०७८ ।
काठमाडौको चन्द्रागिरि नगरपालिका वडा नं १२ स्थित चामपोखरी नजिकै ढुङ्गेधारामा इँटा बोकेको गाडी दुर्घटना भएको छ । धादिङको छत्रेदेउराली बाट इँटा लिएर काठमाडौ आउँदै गरेको बा ५ ख ३४०८ नम्बरको निशान गाडी बुधबार दुर्घटना भएको हो ।
बुधबार करिव पौने १२ बजे इँटा अनलोड गर्ने स्थान नजिकै ब्याक गरेर घुमाउने क्रममा गाडी सडकबाट तल खसेको थियाे । गाडी दुर्घटनाबाट मानवीय क्षति भने भएको छैन । गाडी घुमाउन खोज्दा ब्रेक नलागेर तल खसेको गाडी चालक ओखलढुङ्गाका श्याम तामाङले जानकारी दिनुभयो ।

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्