जैमिनीमा फेरि देखियो कोरोना, परिक्षण गरेको ६० प्रतिशतमा कोरोना पुष्टि

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ९ माघ २०७८ ।

जैमिनीमा ३ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार ५ जनाको एन्टिजेन परिक्षण गर्दा ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुने मध्ये २ जना बैंकका कर्मचारी र एकजना स्थानीय रहेको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । संक्रमित मध्ये २ जना महिला र एकजना पुरुष रहेका छन् ।

संक्रमित हुनेहरु सबै जैमिनी नगरपाकिा १ कुश्मिसेरा बागलुङका हुन् । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएकाको परिक्षण गरिएकोमा ६० प्रतिशत नमूनाको पोजेटिभ रिपोर्ट देखिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो