जैमिनीमा मिनीटेलर मर्मत सम्बन्धी दश दिने तालिम सुरु, कृषकको औजार निशुल्क मर्मत गरिने

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, १० माघ २०७८ ।

जैमिनीमा मिनीटेलर मर्मत सम्बन्धी दश दिने तालिम सुरु भएको छ । जैमिनी नगरपालिकाको आयोजनामा आइतबार देखि तालिम सुरु गरिएको हो ।

जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा भएको तालिमको उद्घाटन गर्दै जैमिनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले तालिमले प्राविधिक ज्ञान दिने र कृषकहरुलाई नै सहज बनाउने हुँदा तालिमलाई तालिमको रुपमा मात्र नभइ सीप सिक्ने अवसरको रुपमा लिन आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले अनुदानमा दिएका कृषि सामग्रीहरु बिग्रिएर प्रयोग बिहिन बनेकोले यो तालिमले कृषकहरुको सामग्रीको सदुपयोग हुनेमा आशा व्यक्त गर्नुभएको छ ।

तालिममा नगरपालिका दशवटा वडाका २१ जनाको सहभागिता रहेको छ । तालिमको सहजीकरण प्राविधिक बलाराम लामिछानेले गर्नुभएको छ । तालिम माघ १८ गते सम्म सञ्चालन हुनेछ ।

यस अघि कृषि व्यवसाय प्रवद्र्धन तथा तालिम केन्द्र पोखराको आयोजना र जैमिनी नगरपालिकाको समन्वयमा माघ ३ गतेदेखि ८ गतेसम्म तालिम यस्तैखाले तालिम सञ्चालन भएको थियो । अघिल्लो तालिममा सहभागी भएकाहरुले पछिल्लो तालिम लिन नपाइने र यो तलिममा अरुलाई अवसर दिइएको जैमिनी नगरपालिका कृषि शाखाले जनाएको छ ।

कृषि मेसिनरी औजार मर्मत तालिम अवधिभर कृषकहरुका कृषि औजार बिग्रेको भए निशुल्क मर्मत सम्भार समेत गरिने जैमिनी नगरपालिकाका कृषि प्राविधिक रविन्द्र आचार्यले जानकारी दिनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो