बस दुर्घटना हुँदा आठ जना घाइते, घाइतेकाे उद्दार गरी अस्पताल पठायाे

याे सामग्री सेअर गर्नुहाेस्

बैतडी, १३ माघ २०७८ ।

बैतडीमा बिहिबार बिहान बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा दुर्घटना हुँदा आठ जना घाइते भएका हुन् ।

३२ जना यात्रु लिएर हिँडेकाे बस पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत रौतगाउँमा दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइतेलाई उपचारका लागि डडेल्धुरा जिल्ला अस्पताल पठाइएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो