डिजिटल बन्दै राष्ट्रिय वाणिज्य बैंक, २ लाख रुपैयाँसम्म निकाल्न चेक नचाहिने

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, १३ माघ २०७८ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा २ लाख रुपैयाँसम्म निकाल्नका लागि चेक तथा एटिएम कार्ड नचाहिने भएको छ । बैंकले चेक बिनै क्यूआरमार्फत २ लाख रुपैयाँसम्मको नगद भुक्तानी गरिदिने भएको हो ।

बैंकले ५७ औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले जानकारी दिनुभयाे ।

अब मोवाइल बैंकिङ्ग सुबिधा लिइएका ग्राहकहरुले आफ्नो मोवाइलबाट बैंक काउण्टरमा उपलब्ध क्यूआर स्क्यान गरी दुई लाख रुपैंयासम्मको नगद भुक्तानी लिन सक्नेछन् । यो सुविधा सबै शाखा कार्यालयहरुको काउण्टरमा उपलब्ध हुने र आफ्ना ग्राहकहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्न यो सुविधा शुरु गरिएको बैंकले जनाएकाे छ ।

योसँगै अब सिमित कारोबरको लागि बैंकमा चेक बोकेर जानु पर्दैन । बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोवाइल बैंकिङ्गको कार्य गर्न सक्ने गरी अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा सेवाको गत माघ १० गतेबाटै शुभारम्भ गरेको जनाएकाे छ । हाल देशभर बैंकको २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिंङ्ग सेवा संचालनमा रहेका छन् ।

यस्तै याे सेवा बागलुङकाे जैमिनी नगरपालिकाकाे केन्द्र कुश्मिसेरा बजारमा रहेकाे शाखाबाट पनि सुरू भएकाे राष्ट्रिय वाणिज्य बैंक शेरा बजार शाखाका शाखा प्रवन्धक लाेक प्रकाश पाैडेलले जानकारी दिनुभयाे । अब जैमिनीका नागरिकहरूले पनि याे सेवा कुश्मिसेराबाट नै पाउनेछन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो