जैमिनीका पौडेल धौलागिरी अस्पतालको अध्यक्षमा नियुक्त, को हुन् पौडेल ?

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १४ माघ २०७८ ।

जैमिनीका नारायण प्रसाद पौडेल धौलागिरी अस्पतालको अध्यक्षमा नियुक्त हुनुभएको छ । गत असोज पछि रिक्त रहेको धौलागिरी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बागलुङ जिल्लाको जैमिनी नगरपालिका–४ निवासी नारायण प्रसाद शर्मा पौडेल नियुक्त हुनुभएको हो ।

गण्डकी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष २१ गते पौडेललाई अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा तीन वर्षका लागि नियुक्त गरेपनि आफूलाई ढिला गरी जानकारी प्राप्त भएको पौडेलले जानकारी दिनुभएको छ । केहि दिन अघि आफूलाई गण्डकी प्रदेशको स्वास्थ्य मन्त्री मधु अधिकारी गुरुङले अनौपचारीक रुपमा फोनबाट जानकारी गराएको भएपनि आफूले आधिकारिक रुपमा २ दिन अघि मात्रै जानकारी पाएकाले औपचारिक रुपमा पदभार ग्रहण गरिनसकेको उहाँको भनाई छ । अहिले अस्वस्थ रहेका कारण केहि दिन पछि नियुक्तिपत्र बुझेर पदभार ग्रहण गर्ने उहाँले बताउनुभयो ।

मन्त्रालयले अस्पताल व्यवस्थापन समिति गठन आदेश २०७८ दफा १ बमोजिम धौलागिरी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा पौडेल रहनेगरी ९ सदस्यीय अस्पताल व्यवस्थापन समिति गठन गरेको छ । अस्पताल व्यवस्थापन समितिको सदस्यमा बागलुङ नगरपालिका–४ का धनमाया शर्मा, बानपा–१४ का लक्ष्मी देवि जिसी, बानपा–३ का कृष्ण शंकर श्रेष्ठ, बडिगाड गाउँपालिका–१ का रुन माया थापा र बानपा–३ निवासी गगन बहादुर पुन रहनुभएको छ ।

अस्पताल व्यवस्थापन समितिमा उद्योग वाणिजय संघ बागलुङ, बागलुङ नगरपालिका प्रतिनिधि र मेडिकल सुपरीटेण्डेण्ट सदस्य रहने व्यवस्था छ ।
धौलागिरी अस्पतालमा व्यवस्थापन समिति गठन गरिएको पत्र मन्त्रालयले पठाएको अस्पतालका सूचना अधिकारी अन्जना पौडेलले जानकारी दिनुभयो ।

अध्यक्षमा नियुक्त हुनुभएको पौडेलले २०२६ साल कात्तिक २० गतेदेखि २०६५ साल बैशाख ३० गतेसम्म जनता माध्यामिक सर्कुवामा अध्यापन गराउनुभएको थियो । २००५ साल बैशाख ३० गते तत्कालिन सर्कुवा गाविसको मौलाछमा जन्मनुभएका पौडेले शिक्षा विषयमा स्नातक तहको अध्यायन गर्नुभएको छ भने भारतको वनारशबाट साहित्यमा शास्त्री पास गर्नुभएको छ ।

पौडेल यस अघि २०३९ सालदेखि जनता माविको प्रधानाध्यापक समेत हुनुहुन्थ्यो भने शिक्षक राष्ट्रिय जनमोर्चा समर्थित शिक्षक संगठनको जिल्ला अध्यक्ष समेत हुनुहुन्थ्यो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो