ताल्चा फुटाएर मन्दिरबाट सयौँ वर्ष पुराना सरसामग्री चोरी, गिरोहको खोजी कार्य सुरू

याे सामग्री सेअर गर्नुहाेस्

भक्तपुर, १५ माघ २०७८ ।

भक्तपुरको इन्द्रायणी मन्दिरबाट सयौँ वर्ष पुराना सरसामग्री चोरी भएकाे छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडानम्बर ४ मा रहेको इन्द्रायणी मन्दिरबाट सयौँ वर्ष पुराना महत्त्वपूर्ण सामग्री चोरी भएकाे हाे ।

शुक्रबार राति दुई वटा ताल्चा फुटाएर मन्दिरको भण्डारमा रहेका सामानहरु चोरी भएको स्थानीय सांस्कृतिक एवम् नाच गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरको भण्डारबाट सयौँ वर्ष पुराना बाजाहरु भुस्या १२० जोर (४० वटा), छुस्या एक जोर, झ्याली एक जोर, पाः बाजा एक जोर चोरी भएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले मन्दिरमा पुरानो शङ्ख,बाजा, सालिक सहितको आरती लगायतका सामग्रीहरु चोरी भएको जानकारी दिँदै थप अनुसन्धान सुरु भएको जानकारी दिनुभयो । चोरी भएका सामान र गिरोहको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो