आज सहिद दिवस मनाइँदै, सहित प्रति राज्य नै उदासिन

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाै, १६ माघ २०७८ । 

आज सहिद दिवस मनाइँदै छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाउने गरिएकाे हाे ।

सहिद दिवसको अवसरमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइन्छ । कोरोना सङ्क्रमण जोखिम र महामारीका कारण यस वर्षको सहिद सप्ताह कार्यक्रम औपचारिकतामा मात्रै सीमित भएको छ ।

सहिद सप्ताहको मुख्य दिन आज प्रभातफेरी कार्यक्रम पनि नहुने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । विगतमा माघ १६ गते सहिद दिवसको दिन बिहान रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी गरी लैनचौरको सहिद स्मारकमा पुगेर ज्ञातअज्ञात सहिदको सम्झनामा गरिन्थ्यो ।

एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणा शासकले १९९७ सालको माघ १० गते काठमाण्डौ‍ टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।

विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीदगेटमा पनि विभिन्न संघसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।

पछिल्लो समय नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जलि गर्ने स्थल राखिने घोषणा गरिएको छ । त्यो समेत सञ्चालनमा आउन सकेको छैन ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो