टिपरको ठक्करबाट दुई जनाको ज्यान गयो, २ जना घाइते

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, १८ माघ २०७८ ।

टिपरको ठक्करबाट दुई जनाको ज्यान गएकाे छ भने २ जना घाइते भएका छन् ।  बर्दियाकाे बढैयाताल गाउँपालिका–३ मा भे १ क १४९५ नम्बरको  टिपरको ठक्करबाट घरको आँगनमा आगो तापिरहेका दुई जनाको ज्यान गएको हाे ।

मृत्यु हुनेहरूमा बढैयाताल गाउँपालिका–३ सतपतियाका ४० वर्षीय सोमबहादुर विक र ४७ वर्षीय रामु चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। टिपरको ठक्करबाट ३५ वर्षीया प्रमिला चौधरी र ४० वर्षीया बेलमति थारु घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

मृतकका आफन्तले क्षतिपूर्तिको माग गरी नेपालगञ्ज–गुलरिया सडक खण्डको भोलागौडीमा प्रदर्शन गरेका छन् । सम्भावित जाेखिमलाई मध्यनजर गर्दै घटना स्थलमा प्रहरी परिचालन गरिएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो