काठमाडाै, २४ माघ २०७८ ।
स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने भएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको हाे ।
निर्वाचन आयोगले एकै चरणमा गर्ने भए वैशाख १४ र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि निर्वाचन आयोगले माघ १८ गते जेठ ४ गते चुनाव गर्न प्रस्ताव गरेको थियो ।
यी दुवै मितिमा नगरी मन्त्रिपरिषद् बैठकले चुनावकाे नयाँ मिति ताेकेकाे छ । ४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो ।

स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ । साथै संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना गरेको छैन ।


प्रतिक्रिया दिनुहाेस्