जैमिनी नगरपालिकाको प्रशासनीक भवन बनाउन ठेक्का सम्झौता

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २४ माघ २०७८ ।

जैमिनी नगरपालिकाले आफ्नो प्रशासनीक भवन बनाउनको लागि ठेक्का सम्झौता गरेको छ । बोलपत्र स्विकृत भएको रविना, प्राकृतिक जुगल जेभी सँग आठ करोड, १७ लाख ६५ हजार ८२ रुपैयाँ १८ पैसामा ठेक्का सम्झौता गरेको हो ।

२०८१ साल असार मसान्तसम्म भवन निर्माण गर्नेगरी माघ २१ गते ठेक्का सम्झौता गरिएको जैमिनी नगरपालिकाका ईन्जिनियर विवेक सापकोटाले जानकारी दिनुभयो । करिव ३ बर्षमा निर्माणको जिम्मा पाएको कम्पनीले ४ तलाको ४२ कोठे भवन निर्माण गर्नेछ ।

जैमिनी नगरपालिकाले कुश्मिसेरा बजारको तल्लो भेग ठेउले खोला र टिमुर खोलाको दोभानमा आफ्नै प्रशासनिक भवन बनाउन लागेको छ । भवन निर्माण भएपछि नगरपालिकाको सेवा प्रवाहमा समेत सहज हुने ईन्जिनियर सापकोटाको भनाई छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो