काठमाण्डाै, २६ माघ २०७८ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षाकाे मिति ताेकिएकाे छ । बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परिक्षाकाे मिति ताेकेकाे हाे ।
बोर्डको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । स्थानीय तहकाे चुनावलाई समेत ध्यान दिएर वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको अध्यक्ष शर्माले बताउनुभयो ।
कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको छ । यसअघि परिक्षा मिति नताेकिँदा विद्यार्थीहरू अन्याैलमा रहेका थिए ।


फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्