आजदेखि केहि दिन मौसम सफा रहने, यस्ताे छ देशभरकाे माैसमी अवस्था

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौँ, २८ माघ २०७८ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहनाका साथै तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ । शनिबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आइतबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम तापक्रम छ र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो