जैमिनीमा एमसीसी विरुद्ध युवक संघको र्‍याली, अनुमोदन गरे देशलाई घाटा

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २८ माघ २०७८ ।

अखिल नेपाल युवक संघले एमसीसी परियोजना लागु नगर्न खबदारी गर्दै जैमिनीमा र्‍याली सहितको कार्यक्रम गरेको छ । बिहिबार जैमिनीका १० वटै वडामा युवक संघले एमसीसी परियोजनाको विरुद्धमा र्‍याली निकालेको हो ।

विरोध र्‍यालीमा अखिल नेपाल युवक संघको केन्द्रिय महासचिव भिमसेन वनले एमसीसी परियोजना देशको लागि अहितकारी भएकाले यो परियोजना लागु गराउन नहुने धारणा राख्नुभयो । जुनसुकै सरकार भएपनि यो परियोजना लागु गराउन खोज्नु केहि स्वार्थ भएको तर्क गर्दै उहाँले स्वार्थ मिसिएको परियोजनाले नेपाल र नेपालीलाई हित नगर्ने बताउनुभयो ।

यस्तै राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सचिव भिमलाल पोखरेलले एमसीसी परियोजना सरकारले संसदबाट पास गराए देशको लागि खतरा हुने बताउनुभयो । उहाँले कतिपय बुँदाहरु नेपालको कानुन भन्दा फरक रहेकाले यो परियोजना लागु गर्न नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा युवक संघका युवाहरुले जैमिनी नगरपालिकाका बिभिन्न वडाहरुमा एमसीसी परियोजना लागु नगर्न सरकालाई खबरदारी गर्दै र्‍याली निकालेका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो