ज्ञानज्योति प्रा.वि दमेकको बार्षिकोत्सव सम्पन्न, शिक्षक प्रयाप्त नहुँदा पठनपाठनमा समस्या

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २ फागुन २०७८ ।

जैमिनीको ज्ञानज्योति प्राथमिक विद्यालयले आफ्नो ३९ औं बार्षिकोत्सव मनाएको छ । बागलुङको जैमिनी नगरपालिका वडा नं २ पिपलडाँडा दमेकमा रहेको विद्यालयले ३९ औं बार्षिकोत्सव मनाएको हो ।

विद्यार्थीहरु विच बिभिन्न प्रतियोगितात्मक कार्यक्रम गरी बार्षिकोत्सव मनाएको विद्यालयले कोरोनाका कारण औपचारिकताको लागि मात्रै सामान्य कार्यक्रम गरेको विद्यालयका प्रधानाध्यापक टिकाराम सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उहाँले स्थानीय तहले दरबन्दी मिलान नगर्दासम्म विद्यालयमा शिक्षकको समस्या रहेको बताउनुभयो । विद्यार्थी संख्या राम्रो भएपनि शिक्षक नहुँदा पठनपाठनमा समेत गुणस्तर नहुने भन्दै उहाँले नितिगत कुराहरु सुधारेर शिक्षा क्षेत्रको समस्या हल गर्न आग्रह गर्नुभयो ।

कर्यक्रमका प्रमुख अतिथि जैमिनी नगरपालिका वडा नं २ का वडा सदस्य कृष्ण प्रसाद रिजालले विद्यालय सुधारको लागि नगरपालिकाबाट आफूले सक्दो पहल गरिरहेको र आगामी दिनमा पनि गर्ने बताउनुभयो । विद्यालय समृद्ध बन्न आर्थिक भौतिक र शैक्षिक पाटो बलियो हुनुपर्ने भन्दै उहाँले विद्यालयले गरेको प्रगति प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

बार्षिकोत्सवको अवसरमा विद्यालयले कक्षा ४ र ५ का विद्यार्थीहरु विच हाजिरी जवाफ प्रतियोगिता, कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुका लागि हिसाब दौड प्रतियोगिता, म्युजिक चेयर र घैँटोफोर प्रतियोगिताको आयोजना गरेको थियो । हाजिरी जवाफ प्रतियोगितामा दिप्सन सापकोटाको समुह प्रथम, करिना सापकोटाको समुह द्वित्तीय र अम्बिका सापकोटाको समुह तृतीय भएको छ । यस्तै हिसाब दौड प्रतियोगितामा कक्षा १ की साहिला नेपाली, कक्षा २ की कश्मिरा सापकोटा र कक्षा ३ का विवेक रिजाल विजेता भएका थिए ।

कक्षा १ देखि ३ सम्मको म्युजिकल चेयर प्रतियोगितामा सिम्रन नेपाली प्रथम र कक्षा ४ र ५ सम्मको प्रतियोगितामा अम्बिका सापकोटा विजेता भएका छन् । घैँटोफोर प्रतियोगितामा साहिल सापकोटा, विवेक रिजाल र सुमित परियार विजेता भएका छन् ।

बिभिन्न प्रतियोगितामा भाग लिएर कृष्ण सापकोटा र विवेक रिजाल विद्यालय प्रथम हुन सफल भएका छन् भने द्वित्तीय अम्बिका सापकोटा र तृतीय विश्वास सापकोटा भएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो