जनता मा.वि सर्कुवाको ६३ औं बार्षिकोत्सव सम्पन्न, बिभिन्न सम्मान र पुरस्कार वितरण

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २ फागुन २०७८ ।

बागलुङको जनता माध्यामिक विद्यालयले आफ्नो ६३ औं बार्षिकोत्सव तथा अविभावक दिवस मनाएको छ । जैमिनी नगरपालिका वडा नं ४ सर्कुवामा रहेको विद्यालयको ६३ औं बार्षिकोत्सव कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका निवर्तमान प्रदेश मामिला सभापति कृष्ण थापाले शिक्षा क्षेत्रमा राज्यले अझै लगानी बढाउनुपर्ने बताउनुभयो । राज्यले शिक्षामा लगानी गरेपनि त्यो प्रयाप्त नभएको भन्दै उहाँले शिक्षा क्षेत्रमा देखिएका बिभिन्न समस्याहरु पनि राज्यले समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

माघ २८ गतेदेखि आन्तरिक कार्यक्रमहरु गर्दै सुरु भएको बार्षिकोत्सवको मूल समारोहका दिन आइतबार बिभिन्न कार्यक्रममा भाग लिने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुका साथै विद्यालयमा सञ्चालित अक्षय कोषको छात्रवृत्ति समेत वितरण गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त आचार्यले जानकारी दिनुभयो ।

यस्तै विद्यालयले जैमिनी नगरपालिका ४ सर्कुवाका जनप्रतिनिधिहरु र पूर्व प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगाएतलाई पनि सम्मान गरेको छ । कार्यकालको अन्तिम क्षणमा आइपुगेका जनप्रतिनिधिहरु सहित विद्यालयका शिक्षक शिक्षिकाहरु र संस्थापकलाई समेत विद्यालयले सम्मान गरेको छ ।

कार्यक्रमको अवसरमा विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक आचार्यले विद्यालयलाई यो स्थानसम्म ल्याउनेहरु प्रति धन्यवाद ज्ञापन गर्नुभयो । कोरोना महामारीका कारण सामान्य कार्यक्रम गरी बार्षिकोत्सव मनाइएको उहाँको भनाई छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो